काठमाडौं । नेपालमा एकैदिन ४ सय ४८ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।