काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट पुनः १ जनाको निधन भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

पछिल्लो पटक अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।

‘अर्घाखाँचीको मालारानी ४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका ५७ वर्षीय पुरुष स्वासप्रश्वासमा समस्या आएपछि लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार गराएर फर्किने क्रममा उद्रे खोला भन्ने ठाउँमा बुधाबार मृत्यु भएको छ’ उनले भने ।

उनका अनुसार स्वाब संकलन गरि प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट २९ जेठमा पोजेटिभ रिपोर्ट आएको हाे ।

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट नेपाल आइ क्वारेन्टाइनमा बसेको प्रवक्ता गौतमले जानकारी दिए । ती व्यक्तिको शव अर्घाखाँचीमै व्यवस्थापन गर्ने प्रक्रियामा रहेको उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।