अर्घाखाँची मंसिर १३ । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य टोप वहादुर रायमाझीले  एमाओवादीकै जिम्मेवार नेता तथा कार्यकर्ता  पैसामा बिकेको आरोप लगाएका छन् ।
    सदरमुकाम सन्धिर्खकमा बिहिवार आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले सो कुरा बताएका हुन् ।
  उनले सोही कार्यक्रममा संविधान सभाको नारा आफ्नो पार्टीको  भएकाले जनमुखी सविधान बनाउन सडक र सदनबाट आन्दोलन गर्ने तर सरकारमा नजाने बताए ।
 दोस्रो सविधान सभाको निर्वाचनमा देशी विदेशी शक्ति केन्द्रहरु एमाओवादीलाई हराउन लागेकाले अनपेक्षीत  परिणाम आएको समेत उनले दावी गरे ।
नेता रायमाझीले निर्वाचनमा आफ्ना पार्टीका जिम्मेवार नेता कार्यकर्ता देशभर पैसामा विकेको खुलासा गर्दै अब पार्टीमा शुद्धिकरण अभियान चलाउनु पर्ने समेत  बताए।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।