काठमाडौं । चीन–भारतबीच सिमा क्षेत्रमा दुई देशबीच तनाव बढीरहेको बेला चिनियाँ जनमुक्ति सेनाले भने धमाधम युद्ध अभ्यास गरिरहेको पाइएको छ ।

लद्दाखको गलवान घाँटीमा भारतीय सेनासँग भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिक मारिएका थिए । चीनले त्यहाँ भारतको उत्तेजक कार्यले घटना भएको दाबी गरेको छ ।

त्यसो त तिब्बतको उच्च पहाडी क्षेत्रमा अत्याधुनिक हात हतियारसहित सैन्य अभ्यास भइरहेको पनि खुल्न आएको छ । योसँगै चीन–भारत सिमा क्षेत्रमा युद्धको खतरा बढेर गएको छ ।


चाइनान्यूजले जनाए अनुसार लामो दुरीको आर्टिलरी, जमिनबाट प्रहार गर्ने मिसाइल, विशेष अप्रेसन फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रोनिक काउन्टरमर्स फोर्स, इन्जिनियरिङ तथा एन्टी केमिकल वारफेयर फोर्ससहित ४,७०० मिटर उचाइमा रहेको पहाडमा संयुक्त सैन्य अभ्यास भएको हो।

पीएलएले ‘उच्च भूभागबाट लडिने लडाइँ र शत्रुको केन्द्रमा प्रहार गर्ने तरिकाको अभ्यास गरेको’ जनाएको छ। पीएलएले सार्वजनिक गरेको रिपोर्टमा १५ लाइटवेट ट्यांकसहित चीनका अत्याधुनिक हतियार प्रयोग भएको देखिन्छ।

सैन्य अभ्यासमा सहभागी पीएलएका ब्रिगेड कमाण्डर झाङलाई उधृत गर्दै ग्लोबल टाइम्सले यो उच्च भूभाग र आकाशबाट हुने बहुआयामिक युद्ध अभ्यास रहेको जनाएको छ।

याे पनि पढ्नुहाेस् चिनियाँ सेनाद्धारा भारतलाई सही ट्रयाकमा फर्कन चेतावनी

चीन–भारत झडपमा सुरुमा तीन जना भारतीयको निधन भएको बताइएको थियो । पछि भारतले आफ्ना २० सैनिकको निधन भएको र १५ जना बेपत्ता रहेको जनाएको छ । यो घटनासँगै सिमामा थप तनाव बढेर गएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।