काठमाडौं । नेपालका दुई छिमेकी मुलुक भारत र चीनबीच सिमा क्षेत्रमा हताहती हुने गरी भिडन्त भएको छ ।

दुई देशको विवादित क्षेत्र लद्दाखको गलवान उपत्यकामा झडप हुँदा एक अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गलवान उपत्यकाको सीमामा सैनिकहरुबीच एकापसमा विवाद हुँदा झडपको रुप लिएको बताइएको छ । भारतीय सेनाका अनुसार गलवान घाटीमा सोमवार राति एकजना कर्णेल र दुईजना जवानको ज्यान गएको हो।

दुई देशका सैनिकबीच भएको भिडन्तमा यो क्षति भएको हो। भारतीय सेना मु्ख्यालयले यो भिडन्तमा चीनको सेनाले पनि ठूलो क्षति व्यहोर्नुपरेको दाबी गरेको छ। तर अहिलेसम्म चीनका कति जना सैनिक मारिए या घाइते भए भन्‍ने केही पनि खुल्न सकेको छैन। यसबारेमा चिनियाँ अधिकारीले पनि कुनै जानकारी दिएका छैनन्। भारत चीन विवादित क्षेत्र लद्दाखमा यसअघि पनि कुटाकुट भएको घटनाहरु सार्वजनिक भएको थियो ।

यी पनि पढ्नुहाेस्:

चिनियाँ सेनासँग भिड्न भारतले खटायो लद्दाखमा गोर्खा सैनिक

भारतीय सेनाले रगताम्य हुनेगरी यसरी खाए चिनियाँ सेनाको गोदाई

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।