Monday, August 24, 2026
28.1 C
Kathmandu
Home हेलाे विशेष चिनियाँ सेनाद्धारा भारतलाई सही ट्रयाकमा फर्कन चेतावनी

चिनियाँ सेनाद्धारा भारतलाई सही ट्रयाकमा फर्कन चेतावनी

काठमाडौं । चिनियाँ सेनाले भारतलाई सही ट्रयाकमा फर्कन चेतावनी दिएको छ । चिनियाँ सेनाले गलवानमा घाँटी क्षेत्रमा भएको भिडन्तका सन्दर्भमा उत्तेजक कार्यको कडा रुपमा विरोध समेत जनाएको छ । भारतको उत्तेजक कार्यले त्यहाँ झडप र हताहती भएको जनाइएको छ ।

चिनियाँ ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) को अनलाइनमा प्रकाशित समाचारमा चिनियाँ जनमुक्ति सेनाले भारतको उत्तेजक कार्य भएको भन्दै असन्तुष्टि जनाएको छ ।

‘गलवान घाँटी क्षेत्र जहिले पनि चिनको क्षेत्र हो, भारतीय सिमामा खटिएका सैनिकहरुले गम्भीर रुपमा दुई देश बिचको सम्झौताको उल्लंघन गरेका छन् ।’ चिनियाँ जनमुक्ति सेनाका पश्चिम थियेटर कमाण्डका प्रवक्ता झाङ्ग सुलिले विज्ञप्तिमार्फत मार्फत भनेका छन् ।

‘उत्तेजक कायले दुई सेनाको सम्बन्ध र दुवै देशका जनताको भावनालाई हानी पुर्याएको छ ।’ उनले भने ।

चिनियाँ र भारतीय सैन्य अधिकारीहरुबीच जुन ६ मा भएको वार्तालाई उदृत गर्दै प्रवक्ता झाङ्गले भारतलाई आफ्नो फ्रन्ट लाइनमा खटिएका सेनालाई सीमा क्षेत्रमा कडाईकन साथ प्रतिबन्ध गर्न र चिनियाँ पक्षलाई आधा बाटोमा भेट्न आग्रह समेत गरेका छन् ।

चीन–भारत झडपमा सुरुमा तीन जना भारतीयको निधन भएको बताइएको थियो । पछि भारतले आफ्ना २० सैनिकको निधन भएको र १५ जना बेपत्ता रहेको जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।