काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । कोभिड–१९ संक्रमणबाट पछिल्लो पटक थप एक महिलाको मृत्यु भएको हो ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिला नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मिर्गौलाको समस्याका कारण अस्पताल भर्ना भएकी ती महिलाको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनको मृत्युपश्चात नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
Comments







