बर्दियामा आरडीटी परीक्षणमा एन्टिबडी नेगेटिभ आएर क्वारेन्टाइनबाट घर फिर्ता पठाइएका बारबर्दिया नगरपालिका–३ का ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । बिहीबार घर पठाइएको घरमा पुग्न साथ निधन भएको हो ।

घर फर्किएका उनलाई राति नै पेट दुख्न थालेपछि प्राथमिक स्वास्थ्य केन्द्र मगरागाडी पठाउन सुझाव दिइएको थियो ।

तर स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै बर्दिया जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । उनका अनुसार रातको समयमा स्वास्थ्य समस्या जटिल भएपछि परिवारका सदस्यले खबर गरेका थिए ।

गत जेठ २२ गते काठमाडौंबाट घर फर्किएका उनलाई वडा नम्बर–३ खुरखुरे बाल विकास केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो । १४ दिनसम्म स्थानीय क्वारेन्टाइनमा बसेपछि बिहीबार आरडिटी परीक्षण गरिएको थियो । स्थानीय स्वास्थ्य चौकी प्रमुख दिल्ली चलाउनेले आरडीटी जाँचपछि घर फर्किएका व्यक्तिले रातिका समयमा श्वास लिन गाह्रो भइरहेको, टाउको र पेट दुखेको परिवारका सदस्यलाई जानकारी गराएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।