काठमाडौं । नेपालमा कोरोना सक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको जानकारी दिए ।
शुक्रबार थपिएकाहरुमा गुल्मी ९४, बैतडी ६३, कैलाली ४९, बागलुङ ३२, सिन्धुपाल्चोक २१, कञ्चनपुर २०, डोटी १५, गोरखा ११, सर्लाही ११ जना थपिएका छन् ।
यसैगरी, झापा १, मोरङ ३, सप्तरी ४, अछाम ६, बझाङ ३, बाजुरा ८, डडेलधुरा ९, धादिङ १, कास्की २, काठमाडौं ३, मकवानपुर ८, म्याग्दी १,
नवलपरासी पूर्व ४, तनहुँ १९, पर्वत ५, उदयपुर २, सिन्धुली १, चितवन १, बैतडी ५, स्याङ्जा ३, कास्की ६, अर्घाखाँची ६, कपिलवस्तु ४, नवलपरासी पश्चिम २, रुपन्देही २ रहेका छन् ।
शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।