काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा फेरि तीन जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ३ जनामा संक्रमण भेटिएको पुष्टि गरे ।

काठमाडौंमा भेटिएका संक्रमित दुई जना महिला र एक जना पुरूष हुन्। उनीहरुको ठेगाना खुलेको छैन । यसअघि बुधबार काठमाडौंमा दुई जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु मध्ये एक महिला तीनकुने र अर्का पुरुष बुढानिलकण्ड बस्ने रहेको खुलेको छ । बुधबार भक्तपुरमा तीन जना र ललितपुरमा एक जनामा पनि कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएका छन् भने योसहित नेपालमा कुल संक्रमित संख्या ८ हजार २७४ पुगेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।