काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएमा सिंगो जिल्ला वा सम्बन्धित पालिकालाई सिल गर्ने अख्तियारी प्रदेश सरकरालाई दिएको छ ।
प्रदेशले त्यसरी जिल्ला वा पालिकालाई सिल गर्दा सिसिएमीसँग समन्वय गर्नुपर्ने परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

सिसिएमी बैठकले कोरोनाको संक्रमण बढ्दै गएको भन्दै आम नागरिकलाई बाहिर निस्कदाँ मास्क अनिवार्य लगाउन, भौतिक दुरी कायम गर्न अनावश्यक काममा ननिस्कन आग्रह गरेको छ ।

सरकारले देशभरी क्वारेन्टाइनमा भएकाहरुको मापदण्ड अधिनमा रहेर यसै हप्ता परीक्षण गरेर सकाउने निर्णय गरेको छ । बैठकले आइसोलेशन सेन्टर थप आवश्यक पर्ने भन्दै प्रदेश सरकारलाई आइसोलेशन बढाउन आग्रह गरेको छ भने प्रयोशशाला क्षमता बढाउने निर्णय पनि गरेको छ ।

बैठकले देशभरीका क्वारेन्टाइनलाई थप सुधार गर्ने र त्यसको अनगुमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने निर्णय पनि गरेको छ । सिसिएमी बैठक बस्न अगाडी बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक भएको थियो ।

सिसिएमले क्वारेन्टाइन लगायतको सुधार गर्नका लागि केन्द्रिय कोभिड कोषको रहेको ३५ करोड रकम प्रदेशमार्फत स्थानीय तहलाई निकासा गर्ने निर्णय पनि गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।