काठमाडौं सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययनमा जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमी) को शुक्रबार बसेको बैठकले बिदामा आएका र नयाँ रोजगारीमा जान चाहनेलाई अनुमति दिने निर्णय गरेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारी र अध्ययनमा जानेका लागि अनुमति दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारीमा जानेका लागि श्रम तथा रोजगार मन्त्रालयको सिफारिस चाहिने छ भने अध्ययनका लागि जाने विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइने निर्णय भएको छ ।

बैठकले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जान खुल्ला गरेपनि अन्तराष्ट्रिय सिमा र हवाई सेवा तथा सार्वजनिक बस सेवा भने खुल्ला गरेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।