काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका र खर्च बेहोर्न नसकेर बाहिरी देशमै रोकिएका नेपाली नागरिकलाई उद्धार गर्ने पहल अघि बढाएको छ ।
उनीहरुको उद्धार गर्नका लागि गाइड लाइन बनाउन श्रम मन्त्रालयलाई सिसिएमी बैठकले निर्देशन दिएको हो । श्रम मन्त्रालयको गाइड लाइन अनुसार अब उनीहरुलाई उद्धार गरिने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गाइड लाइन बनाउन आग्रह गरिएको जानकारी दिए ।
सम्बन्धित देशको रोजगारदाता कम्पनीले खर्च नबेहोरेको र रोजगारीमा गएकाहरुले पनि खर्च बेहोर्न नसकेकाहरुको उद्धार गर्न श्रम मन्त्रालयलाई गाइड लाइन बनाउन आग्रह गरिएको छ ।’ मन्त्री ज्ञवाली भने ।
Comments







