कास्कीमा जमिन भासियो, सर्वसाधारण त्रसित

मंसिर । कास्कीको अर्मला १ मा जमिन भासिएको छ । लगातार त्यस वरपरको भु-गाग भासिन थालेपछि त्यस वरपरका सर्बसाधारण त्रसित भएका छन् ।

अर्मलामा क्षेत्रमा जमिन भासिएर ठूलो-ठूलो खाल्टो खेतका गह्राहरुमा खाल्डाहरु देखा परिरहेकोले त्यस वरपरमा स्थानका  स्थानियवासी त्रसित भएका हुन।

 जमिन भासिन थाले पछि त्यस वरपरको क्षेत्रका एकदर्जन भन्दा बढि  घरपरिवार विस्थापित भएका  छन् ।

दिन प्रतिदिन खाल्टोको आकार बढिरहेकाले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, स्थानीय विकास अधिकारी इश्वराज पौडेल,भूगोलविद डाक्टर कृष्ण केसी लगायतको टोलीले  त्यस  स्थानको अवलोकन गरि अनुन्धान भइरहेका बताएका छन् ।

उनीहरुको प्रारम्भिक अध्यनले  नजिकै रहेका कालीखोलामा  दिनानु दिन व्यापक अतिक्रमण भइरहेकोले पनि भुभाग भासिएको  हुन सक्ने जनाएका छन् ।

यसरी भुभाग भासिदै गएपछि त्यस स्थानमा दैवी प्रकोपका कर्मचारी खटिइ सकिएको जिल्ला विकास समितका स्थानीय विकास अधिकारी इश्वरराज पौडेलले  जानकारी दिएका  छन्  ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।