कर्णाली प्रदेश अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टि भएको छ । वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको ल्याब र एक्सरे विभागमा कार्यरत कर्मचारीलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालको ल्याबमा कार्यरत ल्याब असिस्टेन्टसहित चारजना र एकजना एक्सरेमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

गत जेठ ३१ र ३२ गतेदेखि असार ३ गतेसम्म प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीसहितका ४५ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । जसमध्येका पाँचजनालाई कोरोना संक्रमण देखिएको हो । क्वारेन्टिनमा रहेका सबै ४५ जनाको स्वाब परीक्षण गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।