मंसिर १० । मंसिर ४ गते सम्मन्न संविधानसभाको निर्वाचनमा ९ जना मात्रै महिला उम्मेदवार विजयी भएका छन् ।

राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिनुपर्ने मान्यता भएपनि दलहरुले उक्त प्रतिशत पुर्याएका थिएनन् भने विजयी पनि ९ जना मात्रै भएका हुन् । जसमध्ये कांग्रेसबाट ५, एमालेबाट ३ र एमाओवादीबाट १ गरी ९ जना महिला उम्मेद्वार विजयी भएका छन् ।

उनीहरुमा दाङ १ बाट कांग्रेसकी पार्वती डिसी चौधरी, त्यस्तै दाङ २ बाट कांग्रेसर्क सुशीला चौधरी विजयी, कास्की २ मा कांग्रेस नेतृ शारदा पौडेल महोत्तरी २ बाट किरण यादव विजयी भइन् ।

यसैगरी, नेकपा एमालेकी सीता गिरी कास्की ४ बाट, बारा ४ बाट नजमा खातुन, उदयपुर २ बाट मञ्जु चौधरी विजयी भइन् भने एमाओवादीबाट भने रोल्पा २ की उम्मेद्वार ओनसरी घर्ती विजयी भएकी छिन् ।

संविधानसभा निर्वाचनमा एमाओवादीले २९, कांग्रेसले २२ र एमालेले २४ मलिालाई उम्मेद्वार बनाएको थियो । त्यस्तै नेमकिपाले ३४, फोरम नेपालले २१, नेपाल परिवार दलले २६ र राष्ट्रिय जनमोर्चाले २८ जना महिला उम्मेद्वार उठाएको नयाँ पत्रिकामा खबर छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।