कर्णालीका १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पतालमा ५, जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र रुकुम चौरजहारीमा १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना महामारीको बेला स्वास्थ्यकर्मी अग्रमोर्चामा भएका कारणले स्वास्थ्यकर्मीहरुमा जोखिम बढी हुने गरेको छ । स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमणको जोखिम बढी रहेको स्वास्थ्यकर्मीहरूले सुरक्षा सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण हुने गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावलले बताए छन् ।

‘स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको जोखिम बढी नै हुन्छ’ उनले भने, ‘स्वास्थ्यकर्मीहरू प्रायः बिरामीको नजिक हुने भएकाले कोरोना संक्रमणको जोखिम बढेको हो ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।