एमसीसीको पक्षमा उभिएको भन्दै देउवासहित मन्त्रीलाई जनकारबाही गर्ने विप्लवको चेतावनी



काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्स (एमसिसी) को पक्षमा उभिएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कांग्रेस सभापति शेरबहादुर देउवासहित बहालवाला मन्त्रीसम्मलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी कैलालीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र नेकपा प्रतिनिधिसभा सदस्य नारदमुनि रानालाई जनकारवाही गर्ने चेतावनी दिएको हो।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

विप्लव समूहले धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित देउवा निवासको गेटमै जनकारवाही गर्ने पत्र टाँसेको छ ।

यस्तै कैलालीको गोदावरी नगरपालिकास्थित मन्त्री भट्टको घर पुगेर विप्लवका कार्यकर्ताले एमसिसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कारदेखि जनकारवाही गर्ने चेतावनीसहितको पत्र दिएका छन्।

कैलालीका राष्ट्रियसभा सदस्यहरूलाई एमसिसीको पक्षमा लागे वा मतदान गरे जिल्ला प्रवेशमा निषेधसहित कडा जनकारवाही गरिने भन्दै लिखित पत्र पठाएको सो पार्टीले जनाएको छ।

तपाईलाई लागेको कुरा तल लेख्नुहोस्