काठमाडौं । नेपालमा कोरोना संक्रमित संख्या ११ हजार १ सय ६२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४३४ जना कोरोना संक्रमित थपिएका हुन् ।
बिहीबार थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३८६ पुरुष छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित मिडिया ब्रिफिङमा हालसम्म संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको जानकारी दिए ।
पछिल्लो २४ घन्टामा पिसिआरबाट ६ हजार पाँच सय ४३ जनाको परीक्षण भएको गौतमले बताए । मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेमा महिला ११ सय ४२ र पुरुष १० हजार २० जना छन् । हालसम्म कोरोना संक्रमण नदेखिएकोमा रसुवा जिल्ला मात्र छ ।
Comments


