काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मंगलबार पाँच जना सचिवालय सदस्यले धारणा राखेकोमा चार जनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

मंगलबार एक घण्टा बसेर स्थगित भएको बैठकमा लीलामणि पोखरेल, मातृका यादव, नन्दकुमार प्रसाई र पेशल खतिवडा र योगेश भट्टराईले धारणा राखेका छन् । बैठकमा पोखरेल, यादव, प्रसाई र खतिवडाले राजीनामा दिन सुझाव दिएका हुन् ।

पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले भने पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन नेताहरुलाई सुझाव दिएका छन् । यसअघि, बोल्ने अधिकांश सचिवालय सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।