मंसिर ६ । डडेल्धुरामा कांग्रेस नेता शेरबहादुर देउवा विजयी भएका छन् ।

देउवाले २३९२० मत प्राप्त गरेर विजय हासिल गरेका हुन् । उनले आफ्ना प्रतिद्वन्द्व एमाओवादीका नेता खगराज भट्टलाई झण्डै ११ हजार मतले पराजित गरेका छन् ।

भट्टले १२४८१ मतमात्रै प्राप्त गरेका थिए ।

यता, देउवाले कैलाली ६ मा पनि अग्रता लिएका छन् । जहाँ मतगणाना जारी छ ।

डडेल्धुरामा देउवाको जितसँगै कांग्रेसको विजयी सिट संख्या ९ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।