कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १५ हजार ४९१ जना पुगेको छ । गत २४ घण्टामा २३२ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा २३ वटा प्रयोगशालामा चार हजार ५० जनाको आरटिपिसिआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए ।
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सङ्ख्या ३३ हजार १२५ रहेको छ ।
त्यसैगरी आइसोलेशनमा रहेकाको सङ्ख्या नौ हजार ४२ छ । कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २७२ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या छ हजार ४१५ रहेको छ । मन्त्रालयको दुईवटा कल सेन्टरबाट ८३२ वटा कल प्राप्त भएको छ ।
हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ५६ हजार २०१ छ । त्यसमा सक्रिय प्रयोगकर्ता ८७ हजार ५५० छन् । यहाँ जम्मा इन्ट्री गरिएको सङ्ख्या ६८ हजार ७३ छ । आज मात्रै १५१ जनाले इन्ट्री गरेका छन् । त्यसमध्ये रेड जोनमा पर्नेको जम्मा सङ्ख्या ५१७ छ । त्यसमध्ये आज दुईजना छन् । उनीहरु सिन्धुपाल्चोक र सुनसरीका हुन ।







