काठमाडौं २६ मंसिर ।
गत १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ५ ठाउँको मतपरिणाम आउन बाँकी छँदा वाम गठबन्धन दललाई ११३ सिट जित हासिल भएको छ ।
प्रत्यक्षतर्फ ११० सिट दुई तिहाईका लागि आवश्यक पर्नेमा वाम गठबन्धनलाई ११३ सिट जित हासिल भएको हो भने अझै ४ स्थानमा अग्रता रहेको छ ।
यो समाचार तयार पार्दासम्म नेकपा एमालेलाई ७७ स्थानमा जित र ४ स्थानमा अग्रता कायम छ भने नेकपा माओवादी केन्द्रलाई ३६ ठाउँमा जित हासिल भएको छ ।
दोस्रो संविधानसभाको पहिलो दल नेपाली कांग्रेस भने प्रत्यक्षतर्फ २१ सिटमा सिमित बनेको छ ।
यसैगरी, राष्ट्रिय जनता पार्टी नेपालले ११ स्थानमा जित र एक स्थानमा अग्रता राखेको छ । यस्तै, संघीय समाजवादी फोरमले १० स्थानमा जित हासिल गरेको छ ।
यसैगरी, नयाँ शक्ति पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र एक स्थानमा विजयी भएका छन् ।
अहिले समानुपातिकतर्फको मतगणना देशैभर चलिरहेको छ ।
Comments