अर्घाखाँची २५ मंसिर । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा वाम गठबन्धनका उम्मेदवार रायमाझीले १८ हजार ४०० को फराकिलो मत अन्तरले जीत हात पारे । उनले २०६४, २०७० र अहिलेसमेत गरी लगातार तीन पटक जीत हात पारेका हुन ।
रायमाझी ५० हजार ३८५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा रामबहादुर बिसीले ३१ हजार ९४१ मत प्राप्त गरे । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८९ हजार २४० मत खसेकामा तीन हजार १५० मत बदर भएको छ ।
माओवादी नेता रायमाझीले २०६४ सालमा काँग्रेसका मानबहादुर विक र २०७० सालमा डा बिसीलाई नै हराएका थिए ।
Comments