आज मंगलबार सुनको भाउ थेरै रकमले बढेको छ । सोमबारको तुलनामा सुन प्रति तोलामा ७०० रुपैयाँले बढेर प्रति तोला ९० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । हिजाे सोमबार सुन प्रति तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चादीको पनि भाउ बढेको छ । मंगलबार चाँदी प्रति तोलामा १० रुपैयाँले बढेर ९५० रुपैयामा कारोबार भैरहेको छ । तर सोमबार चाँदी प्रति तोला ९४० रुपैयाँमा कारोबार भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।