मंसिर ३ । प्रहरीले नेकपा माओवादीका नेता तथा कार्यकर्तालाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।

यसैक्रममा रुपन्देही प्रहरीले नेकपा माओवादी वैद्य समूहका २ जना स्थानीय नेतालाई पक्राउ गरेको छ ।

माओवादी अवध राज्य सचिवालय सदस्य अमर रोका र माओवादी अवध राज्य सचिवालय सदस्य तथा अखील नेपाल शिक्षक संघ क्रान्तिकारीका रुपन्देही अध्यक्ष गुणाखर भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो साँझ चुनाव विरोधी गतिविधि गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।

यता, निर्वाचन बिथोल्न खोजेको आरोपमा नेकपा(माओवादीको बनेपा नगर इन्चार्ज सौरभ कायस्थलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति कायस्थलाई प्रहरीले गिरफ्तार गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।