मंसिर ३ । रुसमा एक विमान दुर्घटना हुँदा ५० जनाको मृत्यु छ । काजान शहरमा अवतरण गर्ने क्रममा उक्त विमान दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

राजधानी मस्कोबाट काजान शहरका लागि उडेको बोईङ ७३७ विमान काजान शहरको एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।

विमानमा ४४ यात्रु र ६ जना चालक दलका सदस्य रहेको सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अवतरणका क्रममा टार्टस्टान एयरलाइन्सको उक्त विमान विष्फोट भएको जनाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।