काठमाडौँ, २४ असार । नेपाली बजारमा आज (बुधवार) सुनको भाउ तोलामा बढेको छ । आज सुनको मूल्य ६ सय रुपैयाँल बढेको हो । आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासघका भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि बढेको उनले बताए ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ ९ डलरले बढेर १७ सय ९५ डलर पुगेको छ । गएको असार १७ गते सुनको भाउले नयाँ रेकड कायम गर्दै अहिलेसम्मकै धेरै तोलाको ९१ ह्जमर ७ सय रुपैयाँ पुगेको थियो ।

कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्नै हुँदै हिजो तोलामा ७ सय रुपैयाँ बढेर तोलाको ९० हजार ९ सय तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको शाक्यले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।