काठमाडौं । नेपालमा बिहीबार १०८ जना कोरोना संक्रमित थपिँदा संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ ।

संक्रमित हुनेमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४ रहेका छन् ।

त्यसैगरी, नवलपरासी पूर्वका १, मकवानपुरका १, बागलुङका ३, सिन्धुपाल्चोकका १, तनहुँका २, म्याग्दीका २, गोरखाका २, कास्कीका ४ , लमजुङका ५ , बाँकेका २, दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाजुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट २ लाख ७१ हजार १४५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ४ हजार ५ सय ८८ परीक्षण भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।