दिपाश्री विवादबारे प्रियंकाले भनिन्, ‘कृपया अश्लिल गाली, गलौच र चरित्र हत्या नगरिदिनुस’

काठमाडौं । नायिका प्रियंका कार्कीले कलाकार दिपाश्रीको अभिव्यक्तिको विषयलाई लिएर गाली गलौज नगरिदिन आग्रह गरेकी छिन् ।

उनले शनिबार फेसबुकमा लामो स्टाटस लेख्दै यस्तो आग्रह गरेकी हुन् । उनको स्टाटस् यस्तो छ:

चलिरहेको आदरणीय दिपा दिदीको बिवादले हामी सबैको ध्यान आकर्षण भएको छ। यसै सन्दर्भमा दुई शब्द राख्ने अनुमती माग्दछु।

कसैको तर्क, भाव या बिचार आफुलाइ चित्त नबुझे आवाज उठाउने अधिकार तपाइ सबैमा सुरक्षित छ। चित्त नबुझेको कुरा राख्नुस, वहाँलाइ सकारात्मक ढंगले सच्चाउनुस। वहाँ लगायत हामी सबै तपाईंहरबाट सिक्न चाहन्छौ। तपाईंहरुले माया गर्नुहुन्छ, हामीलाइ हौसला दिनु हुन्छ, हाम्रो खुसीमा सहभागीता देखाउनु हुन्छ र त्येसै गरि, हामीबाट केही गलती भएमा हामीलाइ सच्च्याउने र सकारात्मक ढंगले सही मार्ग देखाउने अधिकार पनि यहाँहरुलाइ छ। र त्यसको सम्मान पनि हामी गर्छौ। तर सच्चाउने क्रममा अस्लिल गाली, गलौच र चरित्र हत्या कृपया नगरिदिनुस। एउटा गलत बोली या तर्कले कोही ब्यक्तीको चरित्रमै दाग लगाइदिनु त राम्रो होइन नि।

हाम्रो आफन्त, आफ्नै छोरा-छोरीले केही गलती गरे, हामी के मुख छाडेर, मन परि अश्लील गाली गर्छौ ररु गर्दैन्नौ नि। एउटा अभिभावकको नजरबाट सम्झाउछौ, गलती औल्याउँदै अगाडी बड्ने हौसला दिन्छौ, माफी मागे स्वीकारछौ। यहि तरिका हाम्रा देशका छोरी चेलीको लागि पनि अपनाउन पाए कति राम्रो हुन्थ्यो नि। होइन र ?
आखिरमा हामी सबै मानिस हौ। हाम्रो मानसिक स्वास्थ पनि प्रभावित हुन्छ, होइन र ? यो बिषयमा ध्यान पुराइदिनुस, विनम्र अनुरोध।

धेरै माया
प्रियंका कार्की

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।