काठमाडौं । साधना लघुवित्तको आइपीओ बाँडफाँड भएको छ । साधनामा आईपिओ भर्ने ६६ हजार १ सय ५२ जनाले समान १० कित्ता शेयर पाएका छन् ।

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपिओमा कुल ४ लाख ५८ हजार ६ सय ४३ जनाले आवेदन दिएकोमा १० हजार ३१ जनाको आवेदन रद्द भएको छ ।

रितपुर्वक दरखास्त दिने ४ लाख ४७ हजार ८४९ आवेदक मध्ये १० देखि १००० कित्तासम्मको लागि आबेदन दिने ६६ हजार १५२ आवेदकलाई एकै समुहमा राखेर गोलाप्रथाबाट १० कित्ताका दरले आइपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।