बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियाे भने आज बुधबार तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३६० रहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला ९९५ रुपियाँमा कारोबार भएकोमा आज प्रति तोलामा १० रुपैयाँले बढेर १००५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।