प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तर प्रदेशस्थित रामको मन्दिर रहेको अयोध्या राम जन्मभूमि नभएर नेपालको ठोरीमा भएको बताएपछि ठोरीका स्थानीयबासी र जनप्रतिनिधि खुसी भएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यकै आधारमा आएको भन्दै ठोरी र माडीका जनप्रतिनिधिहरूले भगवान रामको जन्म यहीँ भएको समेत जनाएका छन् ।

भगवान् राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्वका ठाउँहरू ठोरी र माडीमा रहेको समेत जनाएका छन् । उनीहरुले यस ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अध्ययन गर्न समेत माग गरेका छन् ।

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने अयोध्या नेपालमै भएको धेरै प्रमाणहरू भएको बताएका छन् । उनले यसको खोज अनुसन्धान हुन नसकेको जनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।