काठमाडौं । नेपालमा बिहीबार सुनको भाउ घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज (बिहीबार) तोलामा १ सय रुपैयाँले घटेर कारोबार भैरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । त्यस दिन सुन प्रति तोला ९२ हजार ८ सय पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

महासंघका अनुसार आज (बिहीबार) छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार २६० रहेको छ ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार चाँदी आज प्रति तोला १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।