काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टी भित्र कुनै पनि सहमति नभएको भन्दै सबै विषय छलफलकै क्रममा रहेको स्पष्ट पारेको छ ।

शनिबार साँझ प्रचण्डकी स्वकीय समेत रहेकी छोरी गंगा दाहालले कुनै सहमति नभएको जनाउँदै भ्रममा नपर्न समेत आग्रह गरेकी छिन् ।

‘आज अध्यक्ष द्वय बिच भएको छलफल पछि बसेको पार्टी सचिवालय को बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनैपनि बिषयमा सहमति भएको छैन र सम्पुर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोहि पनि भ्रममा नपरौं ।’ उनले भनेकी छन् ।

आजको स्थायी कमिटी बैठकपछि दुई अध्यक्षबीच सहमति भएको समाचारहरु प्रकाशित भएसँगै प्रचण्डको सचिवालयले यस्तो जनाएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।