काठमाडौं । भर्खरै मात्र साल्ट ट्रेडिङ कर्पोरेशनको सहायक महाप्रबन्धकमा पदोन्नति भएका सहायक महाप्रबन्धक पंकज जोशीसहित ६ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले कामपा वडा न १३ स्थित बाफल गाइबाच्छाबाट शनिवार साँझ साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक जोशी सहित ६ जनालाई पक्राउ गरेको हो । उनीहरु पक्राउ पर्नुको कारण भने जुवा खेल्नु हो ।

प्रहरीका स्रोतका अनुसार टोलीले जुवातास खेल्दै गरेको अवस्थामा जोशी सहित ६ जनालाई नगद ६२ हजार ३ सय रूपैया र तासवुक सहित रंङ्गेहात पक्राउ गरेको हो ।

त्यस्तै प्रस्तुत प्रकरणमा पक्राउ परेका सहायक महाप्रबन्धक जोशी सहितका जुवाडे उपर
थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत कालिमाटीले स्रोतले जनाएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।