३६ घण्टापछि खुलेको नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । नारायणगढदेखि १५ किलोमिटर पर भरतपुर महानगरपालिका–२९ मा पर्ने लामुबालुवा पुलनजिक मंगलबार राति पहिरो खसेपछि फेरि अवरुद्ध भएको हो । पहिरोका कारण यातायता ठप्प भएको छ ।

सोही सडकको कालीखोलामा सोमबार बिहान गएको पहिरो हटाएर मंगलबार दिउँसोदेखि एकतर्फी गाडी चल्न सुरु भएको थियो ।

ठूलो पहिरो खसेका कारण बुधबार दिनभर सडक ठप्प हुने सम्भावना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।