बिजुली बिलमा प्राधिकरणले तपाईलाई पनि ठगिरहेको त छैन नि ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लकडाउनको बहानामा उपभोक्ता माथि ठगि गरेको पाइएको छ ।

प्राधिकरणले लकडाउनको समयमा लकडाउन अगाडीकै रेसियोको आधारमा मनपरी रकम जोडिदिएको र त्यसमा फाइन (जरिवाना) समेत थपेर उपभोक्तासँग रकम असुल गरिरहेको पाइएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

चैत महिनामा २५ प्रतिशत जरिवाना हानिएको बिल

हेलोखबरलाई प्राप्त एक उपभोक्ताको अनलाइन महसुल विवरणमा प्राधिरकणले चैतको बिलमा २५ प्रतिशत जरिवाना लगाएको पाइएको छ । उक्त बिलमा प्राधिकरणले बठ्याई समेत गरेको पाइएको छ । अन्य महिनामा महिनाको नाम नै उल्लेख गरेपनि जरिवाना लगाइएको महिनामा भने ह्याज वर्ल्ड बिल भनेर २५ प्रतिशत चैत महिनाको बिलमा पेनाल्टी लगाइएको छ ।

सरकारले आर्थिक वर्षको नीति तथा कार्यक्रममा चैत महिनाको बिलमा २५ प्रतिशत छुट दिने निर्णय गरेकोमा प्राधिकरणले भने धमाधम चैत महिनाको बिलमा उल्टाे २५ प्रतिशत जरिवाना उठाइरहेको पाइएको हो । प्राधिकरण आफैंले पनि ७ साउनसम्म लकडाउन अवधीको महसुल बुझाए जरिवाना नलाग्ने सूचना जारी गरेको छ ।

एक जना उपभोक्ताले लकडाउन अगाडी मासिक बिल ५०० को रेसियोमा तिर्दै आएकोमा लकडाउनमा ५ हजार उठाईदिएको गुनासो गरेका छन् । आफूले पटक पटक प्राधिकरणमा गएर गुनासो गरिरहेको उनको भनाई छ ।

सत्तारुढ दल नेकपाकै युवा नेता नवराज पौडेलले पनि आफूले तिरेको बिल फेसबुकमा सार्वजनिक गर्दै प्राधिकरणले ठगि गरेको र सामन्ती शासनका जमिन्दारले पनि यतिको नगर्ने प्रतिक्रिया दिएका छन् । उनले लकडाउनको समयमा जरिवाना समेत गरिएको र मनलाग्दी मिटर चढाइएको बताएका छन् ।

‘लकडाउनमा जनतालाई उर्जा मन्त्रालयको र विद्युत प्राधिकरणको उपहार ! साविक २००० को रेसियोमा उठ्ने महशुल प्रत्येक महिनाको सोही रेसियो जोडी असारमा भने लकडाउन अघिल्लो मिटर अङ्क र लकडाउन पछिल्लो मिटर अङ्कको सबैलाई असारको अङ्क बनाइएको छ । त्यसैमा चैतदेखि जेठको अङ्क पुनः जोडी त्यसमा, फाइन ९ जरिवाना समेत ० जाडिएको छ । सामन्ती शासनका ठग जमिन्दारले पनि सायदै यस्तो गर्थे होलान् ! मैले/हामीले लडेर ल्याएको गणतन्त्रका संरचना आखिर यस्तो किन रु उपभोक्तालाई अन्यायमा पारेर किन ठगिदै छ रु जनताले फेरि मशाल जलाउनै पर्ने होर ।’ उनले फेसबुकमा बिल सार्वजनिक गर्दै भनेका छन् ।

अर्का उपभोक्ता कृष्णगोपाल श्रेष्ठले हरेक महिना इसेवाबाट बिल तिरेपनि प्राधिरकणले पुनः चार महिनाको बिल पठाएको बताउँछन् ।

यस्तै, अर्का उपभोक्ता सुदर्शन ढुंगानाले अनलाइनबाट नै आफैले मिटर रिडिङ गरेर अपलोड गरि पैसा तिर्दा झन् थप भएर बिल आएको बताउाछन् । उनले कार्यालय मै गएर बुझ्दा र बुझाउदा समेत नबुझेर आक्क भएपछि ४ हजार माया मारेको प्रतिक्रिया दिएका छन् ।

के भन्छ प्राधिकरण ?

हामीले प्राधिकरणसँग लकडाउनमा पेनाल्टी किन भनेर प्रश्न गरेका थियौं । यो प्रश्न सोध्न पनि एउटा चरण पार गर्नु परेको थियो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीलाई सम्पर्क गर्दा उनको सचिवालयले यस सम्बन्धी अर्कै शाखाले हेर्ने भन्दै उपकार्यकारी हरिराज न्यौपानेको कार्यालयको नम्बर उपलब्ध गरायो । न्यौपानेको सचिवालयले पनि प्रशासन प्रमुख शिवप्रसाद आचार्यको मोबाइल नम्बर उपलब्ध गरायो । उनले भने रेस्पोन्स गरे त्यसपछि हामीले उपभोक्ताको नम्बर नै टिपाएपछि आचार्यले केही समयपछि कलब्याक गरेका थिए ।

आचार्यका अनुसार चैत्रका पेनाल्टी भुलबस् जोडिएको हो । उनले अनलाइनमार्फत बिल तिरेमा फिर्ता हुने र काउन्टरमै गएर तिरेमा जरिवाना नलाग्ने तर्क गरे । ‘अनलाइनबाट तिर्नुभयो भने तपाईको अर्को महिना तिर्ने गरी एडभान्समा बस्छ, कार्यालयमा गएर तिर्नुभयो भने जरिवाना जोडिदैन ।’ उनले भने ।

तर, प्रशासन प्रमुख आचार्यले भने जस्तो अन्य उपभोक्ताको पेनाल्टी मिनाहा गरिएको पाइएको छैन । अझ सरकारले चैत महिनाको महसुललमा २५ प्रतिशत छुट दिने कुरो त उपभोक्ताले चाख्न समेत नपाएकाे गुनासाे गरेका छन् ।

प्राधिकरणका प्रमुख कुलमान घिसिङले लोडसेडिङ हटाएका कारण नागरिक तहमा उच्च सम्मान पाइरहेको बेला अहिलेको जरिवानाका कारण भने प्राधिकरण अहिले विवादित बनिरहेको छ ।