काठमाडौं । काठमाडौंस्थित चन्द्रागिरी नगरपालिकाले बेरोजगारहरुलाई रोजगारी दिने उद्देश्यले सुचिकरण लागि आवेदन संकलन सुरु गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/८८ को लागि न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका कार्यमा सहभागी हुन इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका स्थायी नागरिकका लागि आवेदन संकलन सुरु गरेको हो ।
नगरपालिकाले सम्बन्धित वडा कार्यालय मार्फत भाद्र ७ सम्म आवेदन बुझाउनुपर्ने म्याद तोकेको छ ।
आवेदनका लागि नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो, पारिवारिक सदस्यको नागरिकता तथा नाबालको हकमा हकमा जन्म दर्ता र स्थायी बसोबास नभएको हकमा बसाई सराई वा विवाह दर्ताको प्रतिलिपी आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।
Comments