काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै महंगो मूल्य हो ।
आजकालागि नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला तोकेको छ ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Comments







