नेकपा प्रवक्ताको प्रश्न– ‘न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यवस्थामाथि नै प्रश्न उठ्ने निर्णय किन ?’



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय भएको भन्दै विरोध जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले न्याय स्थापित गर्न र दोषीमाथि कारबाही गर्न माग पनि गरेका छन् । ‘बास र छाक टार्ने समस्याबाट पिडीत गरीब चेपाङ युवाको हत्या सँवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ ? सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छर ? हद भयो, असह्य भयो। न्याय स्थापित होस् र दोषी माथि कार्बाही होस् ।’ उनले भनेका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

प्रवक्ता श्रेष्ठले अवाजलाई समयमै सम्बोधन गर्न र राज्यका अङ्गहरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारतः अभ्यास र विकास गर्न पनि माग गरेका छन् ।

अन्यथा निरासा, आक्रोस, अनिश्चय र तरलताको परिणाम के होला ? समयमै सबैले सोचौं। परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न।’ उनले भनेका छन् ।