कात्तिक २३ । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिने महापर्व छठ समापन भएको छ । ब्रतालुले रातभरको जाग्रामपछि बिहानी उदाउँदो घामलाई अर्घ दिने गर्दछन् ।
अन्तिम पटक सम्पूर्ण पुजन सामग्रीसहित अर्घय दिएपछि लोकगीत, भजन किर्तन र कथा वाचन भएको थियो । त्यसपछि ठूलो संख्यामा भेला भएका दर्शनार्थीलाई प्रसाद बाँडदै ब्रतालु परिवार घर फर्केका थिए ।
तराई एवं मुलुकको अन्य भाग झैं उपत्यकाको जलाशय किनारमा पनि एका बिहानदेखि सूर्यको प्रतिक्षामा ब्रतालुहरु लामबद्ध देखिएका थिए ।
यता, छठको अवसरमा शुक्रबार रानीपोखरीमा राष्ट्रपति रामवरण यादव समेत सहभागी बनेर शुभकामना दिएका थिए । काठमाडौंको रानीपोखरीमा शुक्रबार साँझ देखिएका केही दृश्यहरुः
तस्बीरः प्रदिपराज वन्त
Comments