कात्तिक २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका एक उम्मेदवारले अस्पतालको बेडबाटै मोबाइलमार्फत भाषण सुनाएका छन् ।

विरामी परेर पोखराको चरक अस्पतालमा उपचार गराइरहेका उम्मेदवार भीमप्रसाद गौचनले अस्पतालको वेडवाट नै मोइवाइल मार्फत आफूलाई मत दिनको लागि म्याग्दीस्थित दाना वासीलाई अनुरोध गरे ।

मोबाइलबाटै उनले शुक्रवार दानामा आयोजित चुनावी सभामा समावेशी अधिकारको सुनिश्चितता,लोकतान्त्रिक संविधान निर्माण र जिल्लाको समग्र विकासकालागि आफू जिवनपर्यन्त लागि पर्ने वताउँदै राप्रपालाई भोट दिन आग्रह गरेका थिए। गौचन भूतपूर्व राज्यमन्त्री समेत हुन् ।

चुनाव प्रचारको क्रममा खुट्टामा चोट लागेपछि करिव एक हप्ता अघिदेखि पोखरामा उपचाररत गौचनले आँफू निको भएपछि दानावासीको घरदैलोमा आउने समेत जनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।