काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनः रमेश सिलवाल नियुक्त भएका छन् । पदमुक्त भए लगत्तै उनी पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् ।
सिलवाललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षको लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको हो ।
सदस्य सचिव पदका लागि २७ जनाले आवेदन दिएकोमा सर्ट लिष्टबाट तीन जनामा झारिएको थियो ।
त्यस्तै शिव कोइराला राखेपको उपाध्यक्षमा नियुक्त भएका छन् । कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकका रुपमा काम गरेका थिए ।
Comments