काठमाडौं । गृहमन्त्रीका राजनीतिक सल्लाहकार तथा नेकपाका नेता सुर्य सुवेदी पथिकले चितवनमा सुकुम्बासीको घरमा आगो लगाएको प्रकरणमा पार्टी र सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले यस्तो माग गरेका हुन् । जुन स्टाटस यहाँ प्रस्तुत गरिएको छ:

माडी कुसुमखोलामा सुकुम्वासी घर आगो लागाइएको प्रकरणमा पार्टी र सरकारले जिम्मेवारीपूर्वक हस्तक्षेप गरिनु आवस्यक छ। सत्तासिन पार्टीले प्रतिपक्ष भन्दा अघि बढेर जनताका समस्या हल गर्न सत्ताको सकारात्मक ढंगले प्रयोग गर्न सिपालु बन्नुपर्छ।
१-जिल्ला वा प्रदेश पार्टीले अविलम्ब घटनाको सत्यतथ्य आउने गरि छानविन समिती बनाएर अपराध,कमि र गल्तिको तहगत जिम्मेवार ठहराओस। यस्को हल गर्ने सुझाव र निर्देशन जारी गरोस ।ब्यक्तिको बोलिको आफ्नै महत्त्व छ तर त्यो भन्दा बिधिवत संस्था बोल्दा हुने प्रभाव हजारौं गुणा प्रभावकारी रहन्छ।
२-संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिले हिंजोको बैठकमा छानविन समिती अलि पछि बनाउने कुरा भएछ , त्यो हिँजै बनाउने काम गरिनु पर्दथ्यो त्यहाँ चुक्यो। अझै केही बिग्रीएको छैन।माननीय कृष्णभक्त पोखरेलले पुन पहल लिएर छानविन समिती बनाएर अबिलम्ब घटना स्थलमा जाने वातावरणको नेतृत्व लिन आवस्यक छ।
यदि त्यस्तो भएन भनेपनी अर्को समितीले पहल लिंदापनी हुन्छ।
३ सुकुम्बासी समस्याको दिर्घकालिन र स्थायी समाधान अबपनी ननिकाल्ने हो भने पार्टी र सरकारको औचित्यमाथी यस्को वर्ग पक्षधरप्रती गम्भीर प्रश्न उठ्छ र यस्ले धेरै पर पर सम्म हान्नेछ।तसर्थ भुमिहिन जनताको समस्याको स्थायी र दीर्घकालीन समाधानका लागि संबंधित सबैले गम्भिरताकासाथ सोचुन।
३ सार्वजनिक मंचमा सुकुम्वासी गरिव पददलित भुइमान्छेका बेदना पीडा संवेदना समस्याका बारेमा अभिव्यक्ति दिंदा उनिहरुलाइ सहयोग हुनेगरी ब्यक्त गरिनु पर्छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।