त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुषाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा ताला लागेको छ।

बास्कोटाको काम गर्ने शैलिप्रति असन्तुष्ट तीनथरी समूहले ताला लगाएको हो । तीनवटै पदाधिकारीको कार्यकक्षमा यसअघि नेपाल विद्यार्थी संघ र प्रजातन्त्रवादी प्राध्यापक संघले ताला लगाएका थिए।

आइतबार लोकतान्त्रिक प्राध्यापक संघले पनि ताला थपेका छन्। तीन समूहले फरक फरक ताला लगाएका कारण एकै कार्यालयमा तीन वटा ताला लागेको छ।

बास्कोटासहितका नेतृत्वले त्रिविका विभिन्न संकायमा डिन तथा सहायक डिन नियुक्ति गर्दा मनपरी गरेको, क्याम्पस प्रमुख नियुक्त गर्दा पनि दलीय आस्थाको आधारमा वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई काँखी च्यापेको तथा त्रिवि सुधारका लागि विगतमा गरेको प्रतिवद्धता पूरा गर्नेतर्फ चासो नदिएको असन्तुष्ट समूहले आरोप लगाएका छन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।