काठमाडौं । अजोड इन्सुरेन्सको नेप्सेमा मंगलबार (भोलि) देखि सुरु हुने भएको छ ।

इन्सुरेन्सको आइपीओसहित सम्पूर्ण चुक्ता पुँजी बराबरको सेयर सूचीकरण भएको हो । अजोडको सेयरको नेप्सेले ओपनिङ रेन्ज कारोबार न्यूनतम ९७ रुपैयाँदेखि अधिकतम २ सय ९१ रुपैयाँ तोकिएको छ ।

अजोेड इन्सुरेन्सको आइपीओ केही समयअघि बाँडफाँट भएको हो । यो आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् । अजोडले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।