काठमाडौं । सरकारले मोबाइल रिचार्ज गर्दा पनि अब २ प्रतिशत कर उठाउने भएको छ ।

पोष्टपेड मोबाइल रिचार्ज गर्दा रिचार्ज गरेकै बेलामा २ प्रतिशत कर काटिने भएको हो ।

नेपाल टेलिकमका अनुसार यस्तो कर यसअघि प्रिपेड सिमबाहकमा मात्रै हुँदै आएकोमा अब पोष्टपेडमा पनि गर्न लागिएको हो ।

यो वर्ष बजेटमा सरकारले सबै खालका मोबाइल सेवाको सिम तथा रिचार्जमा २ प्रतिशत स्वामित्व शुल्क लिने घोषणा गरेकाले कार्यान्वयन गर्न लागिएको टेलिकमले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।