काठमाडौं । केही समय अगाडी नेकपाका उपाध्यक्ष समेत रहेका बामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को विरोध जनाए । राजीनामा माग गरे । तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बनाईदिने वचन मात्र के दिएका थिए, गौतम फरक्क फर्किए ।

सांसद समेत नरहेका गौतमलाई चुनावी प्रधानमन्त्री तपाई नै हो भनेर ओलीले भनेपछि गौतम मख्ख मात्र परेनन् । आफू निकटकालाई बोलाएर प्रधानमन्त्री भएपछि के के गर्न सकिन्छ भनेर ड्राफ्ट गर्न समेत लगाए ।

तर, घटनाक्रम विकास हुँदै जाँदा प्रधानमन्त्री नबन्ने आशंका बढेपछि बामदेव फेरि प्रचण्ड–माधव नेपालकै लाइनमा उभिएर प्रधानमन्त्री ओलीको चर्को विरोध सुरु गर्न थाले । प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीलाई दुई मध्ये एक पद छाड्न दबाब दिइरहेकोमा बामदेवले पनि आवाज थपे । प्रधानमन्त्री ओलीलाई निक्कै अप्ठ्यरो परिरहेको बेला मंगलबार भने पुनः बामदेव ओलीकै कित्तामा उभिएका छन् । उनले पार्टी जोगाउन भन्दै प्रधानमन्त्री ओलीले जे माग गरिरहेका कुरा हुन् त्यसैलाई लिखित रुपमा दुई अध्यक्षसामु आफ्नो माग भन्दै सार्वजनिक गरेका छन् ।

मंगलबार नै प्रधानमन्त्री ओली परिवार उनको घरमा गएर खुसियाली पार्टी मनाएको छ । खुसियाली पार्टीसँगै फोटो सेसन समेत भएको थियो ।

यसरी, उपाध्यक्ष जस्तो पदमा रहेका बामदेवको डुलमुल जारी छ । पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढाउनका सट्टा उनी आफूलाई फाइदा हुने गरी कहिले कुन कित्तामा पुग्छन् भने कहिले कुन कित्तामा उभिन्छन् । उनी निकटकालाई नै पत्तो हुन छाडेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।