नेपालको खुलासा- ‘ओलीले कसैलाई नभन्‍नू भन्दै बालुवाटार बोलाउनु भएको हो’



काठमाडौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई नभन्‍नू भन्दै बालुवाटार बोलाएको खुलासा गरेका छन् ।

उनले पार्टीलाई विधि र पद्धतिबाट चलाउन आफू कटिबद्ध रहेको र अहिलेको छलफल र परामर्श पनि त्यसैका लागि केन्द्रित रहेको भन्दै यस्तो खुलासा गरेका हुन् ।
नेता नेपालले आफू र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच फाटो ल्याउन विभिन्न हल्ला चलाइएको समेत जनाएका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

९ गते राति प्रधानमन्त्रीले नै फोन गरेर सुटुक्क आउनुस् भनेर बोलाएको भन्दै नेपालले त्यो भेटमा ०७५ जेठ २ को सहमतिअनुसार सरकार छाडन भनेको बताएका छन् ।